समाचार

नेपालमा 9 लाखले फेसबुक चलाउछन्

नेपालमा फेसबुक प्रयोगकर्ता कति होलान् ? केहि समय साथी बनाउनु भएको तपाईलाई यसको अन्दाज नहुन सक्छ ।तर हाम्रो मूलुकमा रहेका ईन्टरनेट प्रयोगकर्ता मध्ये झन्डै 40 % ले फेसबुक चलाउँछन् ।

विश्वभर रहेको फेसबुक प्रयोगकर्ताको जानकारी दिने संस्था सोसियल ब्याकर्सका अनुसार हाल नेपालमा 9 लाख 61 हजार फेसबुक प्रयोगकर्ता छन् । यो संख्या नेपालको कुल ईन्टरनेट प्रयोगकर्ताको 40 प्रतिशत हो ।

दूरसञ्चार प्राधिकरणका अनुसार नेपालमा झन्डै 24 लाख ईन्टरनेट प्रयोगकर्ता छन् ।नेपालमा कुल जनसंख्याको 8.49 % मा ईन्टरनेट सेवा पुगेको छ ।

ब्याकर्सका अनुसार नेपालमा फेसबुक चलाउनेको संख्या कुल जनसंख्याको 3.13 % हो । नेपालमा फेसबुक चलाउनेमा पुरुषको संख्या बढि छ । कुल फेसबुक प्रयोगकर्ता मध्ये 69 % पुरुष छन् भने 31 % महिला छन् ।

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)