Showing posts with label रचना. Show all posts
Showing posts with label रचना. Show all posts

Tuesday, May 3, 2011

भावना

चुहेको छानो छाएर हेर ,
दु:खीलाई गुन लाएर हेर
बुझ्नेछौ तिमी श्रमको मूल्य ,
आधा पेट खाएर हेर ।

दु:ख के हो पाउनेछौ थाहा
पीडाका गीत गाएर हेर
गरीब के हो बुझ्नेछौ तिमी ,
मागेको लुगा लाएर हेर ।

बुझ्नेछौ तिमी आतँक के हो ,
एकचोटि गोली खाएर हेर
जान्नेछौ तिमी पसिनाको मूल्य ,
एकचोटि मेहनत गरेर हेर ।

के हेर्छौ प्रभु तमासा तिमी
धर्तिमा एकचोटि आएर हेर
के हेर्छौ प्रभु तमासा तिमी
धर्तिमा एकचोटि आएर हेर ।

Sunday, May 1, 2011

गजल

सम्पत्तिको खोस्टालाई शिक्षासँग साटेकै हो
शिक्षाको त्यो समुद्रमा मोती खोज्न आँटेकै हो ।

सिद्धान्तलाई घोकी-घोकी व्यवहारमा जोडे पनि
गल्लीमा छ वास अचेल अन्तर आत्मा फाटेकै हो ।

मनमोहक परिवेशमा चौतारामा बसी-बसी
मुठीको म माखा हँदा गफसफ छाँटेकै हो ।

पुगेकै हो रोदीगैरा काम पाउँदा गोठालाको
सन्त्रासको बादलभित्र बाबा आमा ढाँटेकै हो ।

लखरलखर गाउँभरि चहारेर हिँडे पनि
स्मरण छ जमानामा घाँस दाउरा काटेकै हो ।
श्रोत: ज.क.उ.मा.वि स्मारिका 2066

मेरो गाउँ

पहाडको फेदीमा छ मेरो सानो गाउँ
चारैतिर हरियाली रमाइलो छ ठाउँ ।

डाँडापाखा हरियाली मैदान खेत र फाँट
यो ठाउँ छोडि अन्त जाने आउँदैन नि आँट ।

सललल बग्दा अझै तल कालि गंगा
चारैतिर घुम्दाखेरी मनै हुन्छ चङ्गा ।

पूर्वी पाल्पा पर्छ हजुर हुँगी हो नि नाउँ
अर्को जुनी पाउने भए यहिँ जन्म पाउँ ।
स्रोत: श्री ज.क.उ.मा.वि स्मारिका 2066

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)