Friday, April 29, 2011

कविता(यस्तै छ यहाँको चलन)

बताउन मन लाग्यो हाम्रो देशको हाल
झन्‌ झन्‌ बिग्रिँदै छ राजनीतिक चाल ।

बुझिनसक्नु छ यहाँको चलन लाग्छ कस्तो कस्तो
बदलिरहन्छ नेताको बोली छेपारोले रङ फेरे जस्तो ।

यसो गर्छु ,उसो गर्छु ,केहि बोलेमा ठुस्स
नेताज्यूको चाल यस्तै , हात्ती आयो...फुस्स ।

नेपालको राजनीति खै..के , खै..के गरे
जस्ता नेता आए पनि कानै चिरेका परे ।

मुस्कुराउन ओठ चाहिने , हाकिमलाई कोट चाहिने
नेताज्यूलाई भोट चाहिने , यस्तै छ हजुर , जे गर्न नि नोट चाहिने ।

चन्द्र छुने लक्ष्य अरे विकास खस्किँदै गयो
आकाशको फल आँखा तरी मर , जस्तो भयो ।

राम्रो मान्छे बन्न त यहाँ ल्याउनुपर्ने जन्मौटे किस्मत
म त परेँ कुइरोमा कागलाई बेल पाक्यो हर्ष न बिस्मात ।

No comments:

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)