Tuesday, May 3, 2011

भावना

चुहेको छानो छाएर हेर ,
दु:खीलाई गुन लाएर हेर
बुझ्नेछौ तिमी श्रमको मूल्य ,
आधा पेट खाएर हेर ।

दु:ख के हो पाउनेछौ थाहा
पीडाका गीत गाएर हेर
गरीब के हो बुझ्नेछौ तिमी ,
मागेको लुगा लाएर हेर ।

बुझ्नेछौ तिमी आतँक के हो ,
एकचोटि गोली खाएर हेर
जान्नेछौ तिमी पसिनाको मूल्य ,
एकचोटि मेहनत गरेर हेर ।

के हेर्छौ प्रभु तमासा तिमी
धर्तिमा एकचोटि आएर हेर
के हेर्छौ प्रभु तमासा तिमी
धर्तिमा एकचोटि आएर हेर ।

No comments:

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)