Friday, June 3, 2011

हेभी हिप्सले स्मरणशक्तिमा कमी

हेभी हिप्सले स्मरणशक्तिमा कमी
काठमाडौ, जेष्ठ १४ - ठूलो नितम्ब मन पराउने महिलावृन्द, यो खबर सुखद् छैन । हेभी हिप्सले स्मरणशक्तिमा प्रभाव पर्छ । हेभी हिप्स भएका महिलाहरूको सोच्न/ सम्भिmने शक्ति कमजोर हुन्छ । जर्नल अफ द अमेरिकन गेरियाटि्रक्स सोसाइटीमा प्रकाशित यो अनुसन्धानमा तीक्ष्ण मस्तिष्कका लागि उपयुक्त तौलको महत्त्वबारे उल्लेख छ । विशेषज्ञहरूका अनुसार कमर छेउछाउ तौल बढ्नाले क्यान्सर, मधुमेह र मुटु रोग हुने जोखिममा वृद्घि हुन्छ । उक्त अनुसन्धानमा के भनिएको छ भने नितम्बको आकार ठीकठीकै रह्यो भने, वा हिप धेरै तौलको भएन भने मस्तिष्क बढी सुरक्षित हुन्छ । महिलाको पेटछेउछाउ जम्मा हुने बोसोले ओस्ट्रोजोन हार्मोन बनाउँछ । यो हार्मोनको उत्पादन महिनाबारी रोकिएपछि कम हुन्छ । यो हार्मोन मस्तिष्कका लागि सहयोगी हुन्छ । उक्त अनुसन्धानमा ती महिलाहरूको स्मरणशक्ति सबैभन्दा बढी खराब पाइयो जसको कम्मर सानो र नितम्ब ठूलो थियो ।

No comments:

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)