Friday, June 17, 2011

राष्ट्रिय जनगणना आजदेखी सुरु

काठमाडौ, अषाढ ३ - एघारौं राष्ट्रिय
जनगणना शुक्रबार देशभर सुरु हुँदैछ ।
जनगणनाको पहिलो लगत
राष्ट्रपति रामवरण यादव
परिवारको लिइनेछ ।
जनगणनाका लागि विभागले साढे ८ हजार
सुपरिवेक्षक र ३४ हजार गणक खटाएको छ
। राष्ट्रपति, उपराष्ट्रपति र
प्रधानमन्त्री परिवारको विवरण
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक
उत्तमनारायण मल्लले लिनेछन् भने
त्यसको सुपरिवेक्षक योजना आयोगका सचिव
युवराज भुसाल रहनेछन् ।'सबै
तयारी पूरा भएको छ,' महानिर्देशक मल्लले
कान्तिपुरसित भने ।
सुपरिवेक्षक र गणकले राष्ट्रिय
जनगणनाको लोगो अंकित झोला, छाता,
प्रश्नावली, परिचयपत्रसहित घर-
घरमा पुगेर प्रत्येक परिवार र
व्यक्तिको विवरण लिनेछन् । प्रत्येक
परिवारका लागि ५०
वटाभन्दा बढी प्रश्न सोधिने र उक्त लगत
भर्न ३० मिनेटभन्दा बढी समय लाग्ने
जानकारी मल्लले दिए ।
देशभर ८० जिल्ला कार्यालय र साढे तीन
सय इलाका जनगणना कार्यालय
स्थापना गरिएका छन् ।
पहिलो चरणमा जेठ १ देखि १८ गतेभित्र
घरपरिवार सूचीकरण सम्पन्न भइसकेको छ ।
त्यसैका आधारमा असार ३ देखि १३
गतेभित्र मुख्य चरणको जनगणना सम्पन्न
हुनेछ । यसैबीचमा असार ८ गते
जनगणना दिवससमेत मनाइनेछ । त्यस दिन
प्रधानमन्त्री झलनाथ खनालले
थापाथलीस्थित
विभागको हातामा निर्मित
'जनगणना स्मारक स्तम्भ' अनावरण गर्नेछन्
। 'जनगणना दिवस सार्वजनिक बिदा भए
पनि गणकहरू आफ्नो कार्य क्षेत्रमै व्यस्त
रहने छन्,' विभागका निर्देशक रुद्र सुवालले
भने, 'चार जना गणक बराबर एक
जना सुपरिवेक्षक साथमा रहने छन् ।'
'जनगणनाले देश र नागरिकको वास्तविक
स्थिति झल्काउने र भावी सन्ततीको हित
हुने भएकाले सबैलाई सहभागी हुन आह्वान
गर्छु,' जनगणनाप्रति भ्रम नपर्न आग्रह
गर्दै मल्लले भने, 'यो तथ्यांक
जनगणनाका निम्तिमात्र प्रयोग हुन्छ ।
व्यक्तिगत विवरण गोप्य राखिन्छ । त्यसैले
घरबहालमा बसेकाले
पनि जनगणनामा सहभागी हुन र घरधनीले
पनि यथार्थ विवरण दिलाउन अनुरोध गर्छु
।' तथ्यांक ऐन, २०१५ अनुसार
जनगणनामा लिइने हरेक व्यक्तिको लगत
गोप्य राखिनेछ ।
सहरी क्षेत्रका गणकलाई कार्य
क्षेत्रको नक्सासहित खटाइएकाले गुणस्तर
वृद्धि हुने दाबी विभागले गरेको छ ।
यो वर्ष पहिलोपटक
गाविसस्तरको साक्षरता, मातृ मृत्यदर,
तेस्रो लिंगी र विदेशमा रहेकाको विवरण
लिन लागिएको मल्लले जनाए ।
जनगणनाका लागि १ अर्ब १८ करोड
रुपैयाँ बजेट व्यवस्था गरिएको छ ।
१९६८ सालमा पहिलो पटक
जनगणना लिइएको थियो । त्यसयता हरेक
दस वर्षमा जनगणना गरिँदै आएको छ ।
जनगणनाका लागि सबै जिल्लामा नागरिक
पर्यवेक्षक खटाइएका छन् । ती पर्यवेक्षकले
जनगणनाका निम्ति खटाइने
गणकको भूमिका र
सर्वसाधारणको चेतनास्तरबारे अवलोकन
गर्ने छन् ।

No comments:

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)