Monday, June 20, 2011

एसएलसी नतिजाः परीक्षा बोर्ड बैठक सुरु

भक्तपुर, अषाढ ६ -
एसएलसी नजिता प्रकाशनका लागि परीक्षा बोर्डको बैठक
सुरु भएको छ ।
बोर्ड बैठकमा शिक्षा सचिव शंकर पाण्डे,
शिक्षा विभागका महानिर्देशक लवदेव
अवस्थी, पाठ्यक्रम विकास केन्द्रका चित्र
देवकोटा, क्षेत्रिय शिक्षा निर्देशक
देवकुमारी हुमागाईँ सहभागी छन् ।
.....
परीक्षा नियन्त्रक सूर्य गौतमले
एसएलसीको नतिजा सोमबार दिउँसो साँढे
चार बजे प्रकाशित गरिने जनाएका छन् ।
यसका लागि परीक्षा नियन्त्रकको कार्यालयले
बिहानै देखि तयारी सुरु गरेको छ ।
सोमबार बिहान सरोतले
केही विद्यार्थीको एक दुई नम्बर नपुगेर
फेल
भएको पाएपछि पुनः उसको कापी खोजेर
हेर्ने काम भइरहेको उल्लेख गर्दै
दिउँसोसम्ममा प्रकाशित गर्ने
बताएका थिए । परीक्षा नियन्त्रक
गौतमले बिहानै
सुरक्षाको व्यवस्था गरिदिन प्रहरीलाई
समेत जानकारी गराएका थिए ।
‘आज तीन बजे नतिजा निकाल्ने भनेर
परीक्षा नियन्त्रकले सुरक्षा माग गर्नु
भएको छ,’ महानगरीय प्रहरी बृत
ठिमीस्थित प्रहरी स्रोतले भने, ‘टोली दुई
बजेदेखि नै खटिनेछन् ।’
यस बर्ष मुलुकभरबाट ४ लाख ९६ हजार २
सय ४३ जना बिद्यार्थी सहभागी छन् ।
जसमा नियमित तर्फ छात्र दुई लाख २९
हजार सात सय ९१ जना र छात्रा दुई
लाख ६ हजार ६ सय २० जना रहेका छन् ।
एक्ज्याम्टेड तर्फ छात्र २५ हजार आठ सय
पाच जना, छात्रा ३४ हजार २७ जना छन्
। खुल्ला विद्यालयका आठ हजार एक सय
४० जना जसमा छात्र चार हजार पाच सय
७८ र छात्रा ३ हजार ६ सय ६२
जना छन् । परीक्षा १० चैत्रदेखि सुरु भई
१८ गतेसम्म भएको थियो ।

No comments:

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)