Wednesday, November 20, 2013

पपुवा न्युगिनी नेपालको तेस्रो शिकार

नेपाल समाचारपत्र,काठमाडौं

  पपुवा न्युगिनीलाई ७ विकेटले पराजित गरी नेपालले आइसीसी ट्वेन्टी ट्वेन्टी विश्वकप छनोट यात्रालाई थप दरिला पारेको छ। मंगलवार सारजहा क्रिकेट मैदानमा पाएको यो जित नेपालको चार खेलमा तेस्रो विजय हो, जसले नेपाललाई प्रतियोगिताको दावेदारी सुचीमा ६ अंक थपेको छ भने निकै बलियो मानिएको पपुवा न्युगिनीसंगको अंकलाई पनि महत्वपुर्ण बनाएको छ।

समुह बी मा दुई दुई खेल जितेको पपुवा न्युगिनी र नेपालको यो खेलमा जित्ने टोली शीर्ष स्थानमा उक्लिने थियो। खेल अगाडी रन रेटको आधारमा पपुवा न्युगिनी भन्दा नेपाल मुनी परेको थियो। तीनवटा खेल दुवईमा खेलेपछि सारजहा नेपालले खेलेको यो पहिलो खेल थियो। पपुवा न्युगिनीलाई नेपालले हराएको यो दोस्रो पटक हो। गत वर्ष यही छनोटमा नेपाल पपुवा न्युगिनीसंग हार्दा अगाडी वढ्न असफल भभएको थियो। तर प्ले अफमा भने नेपालले गतिलो बदला लिएको थियो।
पहिले ब्याटिङ रोजेको पपुवा न्युगिनीलाई १४० रनमा रोकेपछि नेपालले १० बल खेल्नु अगाडी नै मात्र ३ खेलाडी गुमाई जित दर्ता गरेको हो। सदावहार नायक बन्दै आएका कप्तान पारस खड्कासंगै आज अर्का खेलाडी विनोद भण्डारीको ब्याटले भुमिका खेल्यो। पारसले पहिले बलबाट महत्वपुर्ण ३ विकेट लिए र ब्याटिङ तर्फ अविजित २६ रन बनाए। विनोदले २३ बलमा अविजित ५१ रनको अर्धशतक ठोकेर खेल जिताउने काम गरे। फरक खेलमा फरक खेलाडी चम्किनुले टिमको सन्तुलन र विश्वासलाई पनि थप बलियो बनाएको देखिएको छ।
नेपाली बलरहरूले पपुवा न्युगिनीका कुनै पनि खेलाडीलाई जमेर खेल्ने मौका दिएनन्। दोस्रो ओवरको पहिलो बलमा अमृत भटटराईले असद भालालाई एलबीडब्लुको शिकार बनाएपछि विपक्षी टोलीको विकेट झर्ने क्रम शुरू भएको थियो। त्यसपछि पारसले बलिङको जिम्मा लिएका थिए। उनले अर्का ओपनर किला पाला (३) लाई बोल्ड गरे भने २४ बलमा २२ रन बनाएर खेलमा जम्ने तयारी गरिरहेका टोनी उरालाई सुभाष खकुरेलद्धारा क्याच आउट गराए। त्यसपछि उनले क्रिस्टोफर केन्टलाई पनि सस्तैमा पवेलियन फर्काएका थिए। तर गेरेन्ट जोन्सले एउटा इन्ड सम्हाल्दै पपुवा न्युगिनीको स्कोर वढाइ रहेका थिए। ५३ बलमा ४ छक्का सहित ५५ रन बनाएर नेपालको टाउको दुखाई भइसकेको उनलाई १८ औं ओभरमा जितेन्द्र मुखियाले शिकार बनाए।
यो नेपालको लागि ठुलो विकेट थियो। यद्यपी अर्का खेलाडी एमडी डाईले अन्तिम ओभरसम्म टिकेर २२ बलमा ३६ रन बनाएर पपुवा न्युगिनीलाई १४० को स्कोर सम्म तन्काएका थिए।
जवाफमा नेपालको शुरूवात बलियो देखियो। विचमा एक छिन ढलमलिएको जस्तो देखिए पनि अन्तत खेलमा नियन्त्रण बनाउदै आफनो पक्षमा पार्यो। शुरूमा ओपनर अमृत भटटराई र सागर पुनले पहिलो विकेटको लागि ३६ रनको साझेदारी गरी राम्रो शुरूवात गरे। पांचौ ओभरमा सागर पुन (१०) आउट भएपछि खकुरेल पनि नवौं ओभरमा दुर्भाग्यपुर्ण रूपमा रनआउटको शिकार भए। उनले ३७ बल खेलेर ४ चौका र एक छक्काको मदतले ३८ रन बनाए। ज्ञानेन्द्र मल्लले लामो इनिङ खेल्न सकेन। १० रन बनाएर उनी आउट भएपछि ज्ञानेन्द्र र विनोदले खेल नजिते सम्म क्रिजमा डटेका थिए।
२० ओभरको खेलका लागि राम्रो मानिने विनोदले शुरूवात देखि नै आक्रमक रूप देखाए भने कप्तान पारसले उनलाई क्रिज दिई राम्रो साथ दिइ रहे। विनोदले २३ बल खेलेर ५१ रन बनाए , जसमा १ चौका तथा ६ छक्का सामेल थियो। नेपालले आज समुह वी को सवैभन्दा राम्रो मानिएको नेदरल्याण्ड्ससंग खेल्नेछ।
- See more at: http://www.newsofnepal.com/sports/2013/11/23080/#sthash.YKCtCO5H.dpuf

No comments:

How to Track Mobile Phone Location

Dear Friends, If you want to track your phone location. Then Watch this Video :)